सञ्चारमैत्री कानुन बनेको छ:-मुख्य मन्त्री पौडेल

गुगलपाटी संवाददाता हेटौंडा
२८ माघ २०७५ १०:४४

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस प्रदेशको संचार सम्बन्धी कानुन संबिधानलाई टेकेर निर्माण गरिएको बताउनु भएको छ ।

पत्रकारहरुलाई अप्ठेरो परेमा संचार सम्बन्धी कानुन सच्याउन तयार रहेको उहाँले बताउनुभयो ।

 

नेपाल पत्रकार महासंघको केन्द्रीय, प्रदेश र जिल्लाका टोली संगको भेटका क्रममा मुख्यमन्त्री पौडेलले यस प्रदेशमा संचार मैत्री कानुन निर्माण गरिएको बताउनुभएको हो ।

नेपाल पत्रकार महासंघबाट प्रदेश स्तरका कानुन र संचारक्षेत्रलाई समस्या पार्र्नेगरी निर्माण भएका कानुन सच्याउन माग गर्दै आएको मिसन टोली संगको भेटका क्रममा मुख्य मन्त्री पौडेलले आफु सञ्चार मैत्री भएको पनि जिकिर गर्नुभयो । कार्यक्रममा महासंघ केन्द्रका उपाध्यक्ष बिपुल पोख्रेलले प्रदेश र स्थानिय स्तरमा निर्माण हुने कानुन मिडीया मैत्री हुनुपर्ने बताउनुभयो ।

मिडीया बिरोधि कानुन बनेका भए सच्याउनका लागि पनि उहाँले माग गर्नुभयो । उपाध्यक्ष पोख्रेलको नेतृत्वमा अर्का उपाध्यक्ष दिलीप थापा मगर, सचिब सितलप्रसाद महतो, केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सृजना अर्याल, जनमदेब जैसि, शुरेश कुमार यादब, नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको टोलीले मुख्यमन्त्री पौडेल समक्ष भेटेर संचार मैत्री कानुन बनाउनका लागि माग गरेको हो । मिडीया मैत्री कानुन निर्माणका लागि माग गर्दै सच्याउनुपर्ने बुदाहरु समेत मुख्यमन्त्री पौडेललाई हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासंघको मिसन टोली आज हेटौंडामा आईपुगेको छ । तीन नंम्बर प्रदेश सरकारबाट निर्माण भएका संचार सम्बन्धी कानुन मिडीया मैत्री भएनभएको बिषयमा मकवानपुरका संचारकर्मीहरु संग छलफल गरिएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । पत्रकार र मिडीया सम्बन्धी कानुनका कारण यहाँका संचारकर्मीहरुलाई परेका समस्याहरुका बिषयमा संचारकर्मीहरुले आफ्ना धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोख्रेलले सबै प्रदेशका कानुनहरु प्रेश मैत्री हुनुपर्ने बताउनुभयो । पत्रकारका लागि बनाइएका कानुनहरु नियन्त्रण मुखी बनाउन नहुने उहाँले बताउनुभयो ।

अहिले धेरै पत्रकारलाई साईबर सम्बन्धी कानुनलाई अगाढी सारेर समस्यामा पारिएको उहाँले बताउनुभयो । कार्यक्रममा महासंघका अर्का उपाध्यक्ष दिलीप थापा मगरले पत्रकारलाई सबैक्षेत्रबाट नियन्त्रीत गर्न खोज्नेगरी कानुन ल्याइएको बताउनुभयो । पत्रकारका अधिकारहरु खोस्नेगरी ल्याइएका कानुन सचिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका सचिब सितलप्रसाद महतो, केन्द्रीय सदस्यहरु क्ृष्ण गिरी, सृजना अर्याल, जनमदेब जैसि, शुरेश कुमार यादब, नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट, महासंघ मकवानपुरका पुर्ब अध्यक्ष नबराज शर्मा लगायतकाले आफ्ना धारणा राख्नुभएको थियो । महासंघको मिसन टोली देशका सातवटै प्रदेशमा खटिएको छ ।