प्रदेश नंबर ३ मा भ्रष्टाचारीको लागि कुनैपनि स्थान छैन :- मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता हेटौंडा
२८ माघ २०७५ ११:३४

 प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकारले भ्रष्टाचार न्युनिकरण तथा शुसासनको पक्षमा काम गरिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि कडा कदम चालाईने बताएका छन् । प्रदेश नंबर ३ मा भ्रष्टाचारीलाई कुनैपनि स्थान नभए पौडेलले जानकारी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार हो भनेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताईन्।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन नियमको परिधिभित्र रहेर काम आग्रह गरे । उनल भने :- हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमा पारी गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्न आवश्यक छ ।

कार्यक्रममा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासङ्घ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्ने खाँचो रहेको बताए ।

बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ता तथा पत्रकार महासङ्घका जिल्ला अध्यक्षहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।