यस्तो लेखे हेटौंडाका दैनिक पत्रिकाले (हेर्नुहोस्, ३ पत्रिकाको पहिलो पृष्ठ)

गुगलपाटी संवाददाता
२९ माघ २०७५ ०१:५८

आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं वार्षिकोत्सवमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दिएको मन्तव्यसम्बन्धी प्रसङ्गलाई सबै पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।

भ्रष्टाचारको जालो जतासुकै फैलिएको यसलाई निमिट्यान्न पार्न लाग्नुपर्ने तर, अख्तियारले कर्मचारीमा आतंक फैल्याउन भने नहुने मुख्यमन्त्रीको भनाइ रहेको समाचारलाई अघिल्लो पृष्ठमा छापेका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघले स्थानीय र प्रदेश सरकारको सञ्चार कानुनको मस्यौदाको निगरानी सुरु गरेको छ ।

मिडियाबिरोधी कानुन सच्याउन महासंघले माग पनि गरेको समाचार छापिएको छ । ६ महिनाको अवधिमा अख्तियारको कार्यालय हेटौंडामा ६७६ वटा भ्रष्टाचारको उजुरी परेको समाचार पनि छापिएको छ ।

हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ