केटीको विषयमा आफ्नै साथीको घाँटी रेटी हत्या

गुगलपाटी संवाददाता
१ फाल्गुन २०७५ ०२:२०

पोखरा – पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । यो समाचार आजको नेपाल समाचारपत्रमा विजय नेपालीले लेखेका छन् । 

केटीको विषयलाई लिएर उनहिरुबीच झगडा हुँदा कुमारले घाँटी रेटी हत्या गरेका हुन् । डल्ली भनिने सुनिता गुरुङ र सचिन बोल्ने क्रममा विवाह गर्ने कुरा सुनेपछि आफ्नो गर्लफ्रेण्डलाई विवाह गर्न लागेको कुरामा विवाद हुँदा सचिनले पहिला कुमारको खुट्टामा चक्कु प्रहार गरेको रानाले जानकारी दिए ।

सोही चक्कुले पछि सचिनलाई घोप्टो पारी हत्या गरेको कुमारले बताएका छन् । सचिनको हत्या आफूले गरेको उनले स्वीकारेका छन् । उनले सचिनको पेट र ढाडमा समेत प्रहार गरेका थिए ।