प्रचण्डसँगै बसेको तस्बिर पोष्ट गरेर बाबुरामले दिए शुभकामना
गुगलपाटी संवाददाता काठमाडौंनयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जनयुद्ध दिवसको अवसरमा शुभकामना दिएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको आफ्नो तस्वीर पनि ट्वीट गरेका छन् ।
नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस ( फागुन १ गते ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं! pic.twitter.com/4VNyxrsCp9
— Baburam Bhattarai (@brb1954) February 13, 2019
दुई वर्षअघि तत्कालीन माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना दिएका हुन् ।
नेपाली समाजको लोकतान्त्रिकीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवस (फागुन ) को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना’, बाबुरामले ट्वीट गरेका छन्, ‘संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दशवर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२र०६३ को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने नभुलौं ।’