अब ब्यापारीका तनाबका दिन गए,आइसिपी संचालनमा आयो
कृष्णउदास खनाल वीरगन्जअन्तर्रा्ष्ट्रिय व्यापार र भन्सार सहजीकरणका लागि निर्मित बहुप्रतिक्षित एकीकृत जाँच चौकी (आईसीपी) शनिबार एक कार्यक्रम विच उद्घाटन भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्रमोदीले शनिबार दिल्लीबाट संयुक्त रुपमा आईसीपीको उद्घाटन गर्नु भएको हो ।सन् २०११ मा दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ् सुरु भएको आईसीपी ६ वर्ष पछि उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सयुक्त रुपमै दिल्लीस्थित हैदराबाद हाउसबाटै आईसीपीको उद्घाटन गर्नु भएको हो ।
वीरगन्ज महानगरपालिका श्रीसियास्थित आईसीपी भारत सरकारको एक अर्ब ३९ करोड रुपैयाँ लागतमा तैयार भएको छ । सीमावर्ती विहारको पनटोका र वीरगंजको श्रीसियामा एकै किसिमको आईसीपी निर्माण सम्पन्न भएपछि वीगन्ज भन्सार यहींबाट संचालन हुनेछ ।आईसीपीमा अत्याधुनिक स्कयानर जडान हुने भएकाले भन्सारमा हुने गरेको राजश्व छली र एउटै प्रज्ञापन पत्रमा धेरै सामान भित्र्याउने प्रवृत्ति पनि निरुत्साहित हुने र राजश्व संकलनमा वृद्धि हुने भन्सार अधिकारीहरूले बिश्वास व्यक्त गरेका छन् ।
आईसीपीमा अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायत सुविधा एउटै कम्प्लेक्सभित्र रहेको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजधानी काठमाडौँलाई भारतसँग जोड्ने रेलमार्गको विकास गर्ने द्विपक्षीय सहमति भएको बताएका छन्।दिल्लीमा दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने बताए।
भारतको विकासका लागि आफ्नो“‘सबका साथ, सबका विकास” र ओलीले नेपालमा ल्याएको “समृद्ध नेपाल सुखी नेपाली” को नारा एकअर्काको पूरक रहेको पनि मोदीले बताए। सबै कनेक्टिभिटी परियोजनालाई गति दिने निर्णय गरेको पनि उनले बताए। पञ्चेश्वर, अरूण तेस्रो तथा सप्तकोशी (सुनकोशी परियोजनालाइ तीब्रता दिन दुवै प्रधानमन्त्री सहमत भएको मोदीले बताए।प्रधानमन्त्री मोदीले भारत नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तयार रहेको बताए। नेपालले ऐतिहासिक रुपमा तीन तहको निर्वाचन सम्पन्न गरेको भन्दै प्रधानमन्त्री मोदीले चुनाव सम्पन्न हुनु नेपालका लागि ठूलो उपलब्धि भएको बताए।भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन शिलान्यास गरेका छन्।