स्थानीय पत्रपत्रिकाः प्रदेश राजधानी र नामाकरणमा ढिलाईले प्रदेशसभा कामबिहीन
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणमा ढिलाई हुँदा प्रदेशसभाले बिजनेश नपाएको, उपमेयरकप भलिबल प्रतियोगितामा हेटौंडा १४ र १७ नम्बर वडाले जितेको, रामबहादुर बम्जन प्रकरणमा अनुसन्धानमा पीडितको शंका, मकवानपुर प्रहरी प्रमुखमा सिंह, बानियाँले राईगाउँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेकोलगायतका समाचार प्राथमिकताका साथ छापेका छन् ।
मंसिरमा सक्याउनुपर्ने वर्षे अधिवेशन ३ नम्बर प्रदेशसभाले गत पुस १२ गते सक्यायो । तर, वर्षे अधिवेशन सकिएको डेढ महिना बितिसक्दा पनि हिउँदे अधिवेशन बोलाउनेबारे कुनै छलफलसमेत हुन सकेको छैन । सरकारले हिउँदे अधिवेशन आह्वान नगर्दा प्रदेशसभा बिजनेशबिहीन भएको छ ।
प्रदेशसभाअन्तर्गतका समितिहरु प्नि कामबिहीन भएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भइसक्दासमेत नामाकरण र स्थायी राजधानीको टुङ्गो लगाउन नसकेको सरकारले अन्ततः हिउँदे अधिवेशन पनि सुरु गर्न नसकेको हो । आजको साझाकुरा दैनिकमा समाचार छ ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ