औद्योगिक प्रदर्शनीको दोस्रो दिनमा दर्शकको भिड
शान्ता अधिकारी भरतपुर,२४ चैतनवलपरासिबाट हतार हतारमा आएका देवराज रिजाललाई औघोगिक प्रदर्शनीमा उद्योग दर्ता प्रक्रियाको बारेमा बुझन हतार छ । २७ वर्षका रिजाल आफ्नो गाँउ ठाँऊमा नै केहीगर्ने सोचमा छन् । उनलाई उद्योग खोल्दा कहाँ जानु पर्छ र के गर्नुपर्छ भनेर बुझन हतार छ । उनले धेरै बुझने प्रयास पनि गरे, तर कहाँ कसरी बुझने भन्ने झन्भटले उनी रन्थानीदै हिडे । एक मन त केही वर्ष विदेश तिर जाउ की भन्ने पनि लाग्यो । तर, अद्योग संघ चितवनको आयोजनामा भैरहेको औघोगिक प्रदर्शनीमा गएपछि उद्योगका बारेमा सम्पूर्ण जानकारी पाईने भएपछी उनी प्रदर्शनीमा आएको बताउँछन् । रिजाल मात्रै होईन अन्य युवा र पौढहरुको ध्यान पनि अहिले औघोगिक प्रदर्शनीमा गएको छ । थोरै समयमा धेरै थाहा पाईने भएर प्रदर्शनी अवलोकन गर्न आएको भरतपुर ११ का निरोज ढवाडी बताउँछन् । ढवाडी भन्छन् यहाँबाट सबै कुरा थाहा पाईने रहेछ । मलाई अब कागजको गिलास खोल्ने उद्योगका बारेमा बुझनु थियो सबै बुझे । शुक्रवार बाट सुरु भएको पाँचौ औघोगिक प्रर्दशनीमा अहिले उद्योग सञ्चालन कसरी गर्ने भनेर जानकारी लिन पाईने भएपछी सबैको ध्यान यता तिर तानिएको छ । औघोगिक वस्तु आयात, निर्यातर भन्सार प्रक्रिया एवम् छुटबारे जानकारी, प्रदेश सरकारले गर्ने औघोगिक विकासका कार्यहरु, संघीय कर सम्बन्धी व्यवस्था, उद्योग सञ्चालनमा लेखा व्यवस्था, उद्योग र उद्योगीहरुको प्रवद्र्धनमा उद्योग संघको भुमिका लगाएका विषमा जानाकरी दिने गरिएको उद्योग संघका उपाध्यक्ष राजु पौडेल बताउनु हुन्छ । नयाँ उद्योगी बन्न चाहनेहरुका लागि औघोगिक परामर्श परिसर छ । जहाँ प्रत्येक दिन दुई जना विज्ञहरुले परामर्श दिदै आईरहनु भएको छ । परामर्श केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्ट्रार, आन्तरिक राजश्व कार्यालय,औगोगिक व्यवसाय बिकास प्रतिष्ठान, उद्योग विभाग र उद्योगमा लामो समय बिताउनु भएका महानुभावहरुले परामर्श दिने गरिएको पौडेलले बताउनु भयो । परामर्श केन्द्रबाट कसरी उद्योग दर्ता गर्ने, प्लानिङ, लगानी कसरी गर्ने मार्केटिङ कसरी गर्ने, बैक लोन जस्ता विषयमा उद्योगी बन्न चाहनेलाई परामर्श दिने हुदा अवलोकन कर्ताको ध्यान यतातिर तानिएको उपाध्यक्ष पौडेलले बताउनु भयो । पौडेल यस परिसरमा जे खोजेर आउनु हुन्छ त्यो सम्पुर्ण जानकारी दिने व्यवस्था रहेको समेत बताउनु भयो । परिसरमा उद्योग संचालनमा पुर्ण रुपले समर्पित उद्योगीहरुका अनुभव सुन्ने व्यवस्था समेत गरिएको छ । यस परिसरबाट अनुभव र प्रक्रियाको बारेमा बुझेपछी यहीँ केही मात्रामा भने पनि उद्योगहरु सञ्चलनमा आउने र धेरैले रोजगारी पाउ भनेर यस पसिर राखिएको उद्योग संघका अध्यक्ष भेषराज दुवाडी बताउनु हुन्छ । अध्यक्ष दुवाडी औघोगिक परामर्श परिसरमा आफ्नो रुची, क्षमता र बजारको सम्भावन अनुसार व्यवसायी योजना छनोट गनेर्, परामर्श दिने व्यवस्था रहेका बताउनु हुन्छ । त्यसैगरी लघु, घरेलु, तथा साना मझौला, र ठुला उद्योगहरुको इजाजत दर्ता सञ्चालन प्रक्रिया, र सुविधाका वारेमा जानकारी पाईने हुनाले प्रदर्शनी सुरुभएको दोस्रो दिनमा नै अवलोकन कर्ताको बाक्लो भिड लागेको औघोगिक प्रदर्शनीका प्रचार प्रसार संयोजक मदन घिमिरे बताउनु हुन्छ । ५ दिन सम्म चल्ने औद्योगिक प्रर्दशनी ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलहरुसहित २०० बढी स्टल राखिएको प्रर्दशनीका प्रचारप्रसार समितिका संयोजक मदन घिमिरे बताउनु हुन्छ । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धधन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहेका छन् । विशेषमा रुप चितवनका चेपागं सरोज चेपागंले बनाएको प्यारामोटर र निर्माणधिन क्रममा रहेको प्लेन र केरा परिसर विशेष आर्कषण केन्द्र समेत प्रर्दशनीमा बढेको छ ।