प्रशासकीय अधिकृत घुस सहित पक्राउ
गुगलपाटी संवाददाता काठमाडौंजिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई घुस सहित पक्राउ परेका छन् । उनलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई घुस सहित नियन्त्रणमा लिएका हुन् ।
भक्तपुरस्थित एक रेष्टुरेण्टले तिर्नुपर्ने बक्यौता ढिलो बुझाउने व्यवस्था मिलाईदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ ।