हेटौँडा भेट्रान्स र पत्रकारबीच मैत्रिपूर्ण फुटबल सम्पन्न
गुगलपाटी संवाददाता हेटौंडारेडियो थाहा सञ्चार ९९.६ एफएम ११ औँ वर्ष पूरा गरी १२ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजीत साताव्यापी कार्यक्रमको दोश्रो दिन हेटौँडा भेट्रान्स र पत्रकारबीच मैत्रिपूर्ण फुटबल सम्पन्न भएको छ ।
हेटौँडाको चौघडास्थित वंशगोपाल माविको खेल मैदानमा आज बिहान भएको मैत्रिपूर्ण फुटबल खेलमा पत्रकार र भेट्रान्स बिचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । पत्रकारको टोलिको तर्फबाट सुवास बिडारी र मनिष खड्काले गोल गरेका थिए भने भेट्रान्सको तर्फबाट अतुल बर्मा र नवराज बज्रचार्यले गोल गरेका थिए ।
रेडियोका सञ्चालक अरुणराज सुमार्गीको अध्यक्षतामा भएको फुटबलमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा सहभागि पत्रकार तथा भेट्रान्सका खेलाडीहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । यसैबीच, साताव्यापी कार्यक्रमको तेश्रो दिन भोलि वृहत रक्तदान हुने भएको छ । हेटौँडाको बुद्धचोकमा भोलि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म रक्तदान हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले जनाकारी दिएका छन् ।