स्थानीय पत्रपत्रिकाः विषादी प्रयोग रोक्न जुट्यो प्रदेश सरकार
गुगलपाटी संवाददाताहेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले छुट्टाछुट्टै विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् ।
हेटौंडा सिमेन्टको मकवानपुरगढीमा रहेको मजुवा खानीका कारण स्थानीय प्रभावित भएको, मकवानपुरलाई सडक मानवमुक्त जिल्लो घोषणाको तयारी भएको, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रादेशिक छनौटको लागि मकवानपुरे खेलाडी तयार रहेको, राष्ट्रिय औद्योगिक व्यापार मेलाको लागि ७० प्रतिशत स्टल बुक भइसकेको, थाहा नगरपालिकामा वृहत खानेपानी योजना अलपत्रमा परेको, मकवानपुरका ४ स्थानीय तहको केन्द्र परिवर्तन भएकोलगायतका समाचार पहिलो पृष्ठमा छापेका छन् ।
त्यस्तै कृषि उत्पादनमा विषादीको अत्याधिक प्रयोग भइरहेको र उत्पादनमा समेत ह्रास आउन थालेको भन्दै ३ नम्बर प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरी त्यसको रोकथाम गर्न पहलकमदी सुरु गरेको समाचार आजको साझाकुरा दैनिकले छापेको छ ।
प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण प्रयोगशाला स्थापना तथा मोबाइल भ्यान सञ्चालनदेखि विषादी अवशेष प्रयोगशाला स्थापनासम्मको योजना बनाएर काम सुरु गरेको छ ।
कृषि उत्पादन वृद्धि गराउन काठमाडौं, भत्तपुर, ललितपुरलगायतका जिल्लामा कोल्ड स्टोर निर्माणको काम पनि अघि बढेको छ । मन्त्रालयले माटो परीक्षणको लागि प्रदेशका सबै स्थानीय तहमा पुग्ने गरी मोबाइल भ्यान सञ्चालन गर्ने प्रक्रिया पनि सुरु गरेको छ ।
मन्त्रालयले एउटा मोबाइल भ्यानसमेत खरिद प्रक्रिया अघि बढाएको निमित्त सचिव निर्मल गदालले जानकारी दिए । कृषकको मागअनुसार प्रदेशका जुनसुकै स्थानमा पनि पुगेर माटो परीक्षण गरिदिने योजना रहेको गदालले बताए ।
हेर्नुहोस् चार वटा दैनिक पत्रिकाको पहिलो पृष्ठ