चालु अर्थिक वर्षमा २ अर्ब २६ करोड ५५ हजार संकलन

गुगलपाटी संवाददाता हेटौंडा
३ फाल्गुन २०७५ ०५:२३

 ३ नं प्रदेश मा रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ ।  महीनामा राजश्वतर्फ कूल दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार रूपैयाँ राजश्व सकंलन गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व संकलन गरेको छ । आयकरतर्फ ४२ करोड चार लाख २५ हजार, मूल्य अभिवृद्धि करतर्फ ३२ करोड ९८ लाख ९३ हजार, ब्याज करतर्फ २५ लाख ५२ हजार ४००, घर बहालतर्फ १५ लाख ९३ हजार असुली भएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमध्ये गोर्खा लाहिरी (चुरोट)उद्योग प्रालिले सबैभन्दा बढी राजश्व ६१ करोड ९० लाख र एशियन पेन्ट्स प्रालिले रु २६ करोड ९१ लाख राजश्व बुझाएको छ । यसैगरी अन्य उद्योगतर्फ नेपाल ब्रुअरी प्रालिबाट २२ करोड ९३ लाख, युनिलिभर प्रालिबाट ११ करोड २० लाख र शिवम् सिमेन्ट उद्योगबाट आठ करोड सात लाख राजश्व प्राप्त भएको छ ।त्यस्तै स्वास्थ्य करतर्फ र १० लाख १३ हजार ४०० र शिक्षा करतर्फ १८ लाख ९७ हजार राजश्व असुली गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा रहेका स्थानीय बजारमा पटक–पटक अनुगमन गरी वक्यौता रहेको रकममध्ये ८९ करोड ६० लाख राजश्वमा थप असुली गरिएको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख वसन्त ढकालले जानकारी दिएका छन् ।