हरियो खुर्सानी खानुहुन्छ ? यस्ता छन् फाइदाहरु
गुगलपाटी संवाददाता काठमाडौंहरियो खोर्सानी हामी अचारमा तथा तरकारीमा प्रयोग गर्दछौं । यसैगरी यसको प्रयोग विशेषगरी चटपटेमा बढी हुन्छ । केही मानिसले पिरो रुचाउँदैनन् भने केही खोर्सानी भनेपछि मरिहत्ते गर्दछन् ।ज–जसले हरियो खोर्सानी खान्छन्, उसलाई यसबाट धेरै नै फाइदा हुन्छ । हामीले हाम्रो खानामा केहि मात्रामा हरियो खुर्सानीको प्रयोग गर्दा यसले हामीलाई स्वस्थ राख्न सहयोग गर्दछ ।
यसले हाम्रो स्वास्थ्यमा आउने विभिन्न खालका समस्याहरु देखी हामीलाई टाढा राख्छ । त्यसैले हामीले पिरो खाने बानी बसाल्नुपर्दैछ । तर, पिरो खाँदा हरियो खोर्सानी नै खानुपर्दछ । धूलो खोर्सानी खाँदा स्वास्थ्यलाई त्यतिसारो फाइदा गर्दैन ।
हरियो खुर्सानी खाँदा यस्तो छ फाईदाहरु,
१. हरियो खोर्सानीले तपाईंलाई क्यान्सरबाट बचाउँछ
पुरुषहरुमा प्रोस्टेट क्यान्सरको सम्भावना धेरै हुने गर्दछ । एक अनुसन्धानकाअनुसार खानामा हरियो खुर्सानी खाँदा प्रोस्टेट क्यान्सरबाट बचाउने गर्दछ । हरियो खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले क्यान्सरको जोखिमलाई कम गर्ने गर्दछ ।
२. हरियो खोर्सानील मोटोपना कम गर्छः
यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।
३. हरियो खोर्सानीले सँधै जवान राख्न मद्दत गर्छस्
हरियो खुर्सानीमा भिटामिन ‘ई’ को मात्रा धेरै नै हुने भएका कारण यसमा प्राकृतिक तेल हुने गर्दछ जसले छालालाई नरम बनाइराख्न मद्दत गर्दछ । यसले तपाईंको छालालाई सधैँ जवान र चम्किलो बनाइराख्न मद्दत गर्दछ ।
४. यसले मधुमेहबाट बचाउँछ:
हरियो खुर्सानीले रगतमा सुगरको लेभललाई कन्ट्रोल गर्दछ । जसले मधुमेहको समस्याबाट छुट्कारा दिलाउँदछ । हरियो खुर्सानीमा पाइने फाइबरले खानालाई छिट्टै पचाउन पनि पद्धत गर्दछ ।
५. हरियो खोर्सानीले छालाको संक्रमणबाट बचाउँछ :
यदि तपाईंको छाला निकै नै संवेदनशील छ र तपाईंलाई संक्रमणको समस्या भइरहन्छ भने हरियो खुर्सानीले तपाईंलाई राहत प्रदान गर्नेछ । हरियो खुर्सानीको एन्टिब्याटरियल तत्वले तपाईंको छालालाई संक्रमणबाट बचाउँछ ।
६. यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँदछस :
हरियो खुर्सानीमा भिटामिन ‘सी’को मात्रा प्रशस्त मात्रमा हुने गर्दछ जसले शरीरमा भिटामिन ‘सी’ को पूर्तिका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ ।
७.हड्डिलाई बलियो बनाउँदछ :
हरियो खुर्सानीमा प्रशस्त मात्रमा आइरन पाइन्छ जसले हड्डिलाई बलियो बनाउँदछ र रगतलाई पनि बढाउने गर्दछ । महिलाहरुको लागि हरियो खुर्सानी निकै लाभदायक हुन्छ ।