आफ्नै नक्कली अपहरणको नाटक गरेर पैसा माग्ने टोलि पक्राउ

गुगलपाटी संवाददाता धनुषा
३ फाल्गुन २०७५ ११:०३

धनुषा प्रहरीले आफ्नै नक्कली अपहरणको नाटक गरेर पैसा माग्ने टोलिलाई पक्राउ गरेको छ ।

परिवारसंग फिरौती रकम माग गर्ने एक युवक सहितको टोलीलाईनै प्रहरीले प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार प्रत्रकार सम्मेलनको आयोजना गरी मुख्य अभियुक्त जनकपुरधाम उपमहानगरपालिका–१७, का अजय कुमार साहलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

साहले जनकपुरधाम उपमहानगरपालिका–२३, समसाद नदाफ र रौतहट जिल्लाको गढिमाई नगरपालिकाको–८ बस्ने २५ वर्षिय अरबिन्द यादवसँग मिलेर आफ्नो अपहरणको नाटक गर्ने र परिवार संग रकम बार्गेनिङ गर्ने गरेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

अजयले केही समय अघि अपहरणको नाटक गरी परिवार संग १५ लाख रुपैयाँ माग गरेका थिए ।