स्थानीय पत्रपत्रिकाः लागूऔषध दूव्र्यसन भयावह भन्दै
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाल हेटौंडामा लागूऔषध दूव्र्यसन भयावह बन्दै गएको, शासकीय संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाइने प्रदेश ३ को रणनीति, अस्पतालको शौचालयको बेहाल, मकवानपुरको विकट घैराङ सडक सञ्जालमा जोडिएको, मकवानपुरमा ६ महिनामा सवा २ अर्ब राजश्व संकलन भएकोलगायतका समाचार पहिलो प्राथमिकतामा छापेका छन् ।
मकवानपुर जिल्लामा लागूऔषधको दुवर््सनीको अवस्था दिनानुदिन बढ्दै गएको समाचार आजको समृद्ध समाजमा छ । दक्षिणतर्फ खुल्ला भारतीय सिमाना, लागूऔषध उत्पादन तथा निकासीके अवस्था हेर्दा मकवानपुरमा लागूऔषधको प्रयोगकर्ता दिनानुदिन बढ्दै गएको देखिएको हो ।
हेटौंडाको सियान पुनस्र्थापन केन्द्रले एउटा वडामा लागूऔषध प्रयोग गरी फालिएका सिरिन्ज, बोतल, अन्य लागूऔषधको खाली भाँडो संकलन गरेको परिमाणले यसको पुष्टी गरेको छ । हेटौंडा ९ नम्बर वडामा मात्र १३ किलो त्यस्ता खाली भाँडाहरु संकलन गरिएको थियो ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ