मकवानपुर पहिलो सडक मानव मुक्त जिल्ला घोषणा
गुगलपाटी संवाददातामकवानपुर देशमै पहिलो पहिलो सडक मानव मुक्त जिल्ला घोषणा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको पहलमा उक्त घोषणा गरिएको हो ।
मकवानपुरलाई प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आज एक कार्यक्रमबीच सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरेका हुन् ।
सडकमा कष्टकर जीवन बिताइरहेका मानवहरुको उद्धार र पुर्नस्थापनापछि मकवानपुरलाई मानव मुक्त जिल्ला घोषणा गरिएको छ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले सडकमा कष्टकर जीवन बिताइरहेकाहरुले राम्रो जीवन नपाएसम्म सडक चिल्लो र ठुलो भवन बनेर मात्र नहुने बताए । प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवमुक्त बनाउने योजना रहेको भन्दै उनले पाँच वर्षभित्र सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिने बताए । कार्यक्रममा आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल,सामाजिक विकास मन्त्री युवराज दुलाल,नेपाली काँग्रेसका नेता इन्द्र बानियाँ,नेकपा नेता केदार न्यौपाने,बिरोध खतिवडा लगायतले बोलेका थिए ।
हेटौंडाबाट सहयोगापेक्षी सडक मानवको उद्धार सुरु गरेको मानव सेवा आश्रमले बि.सं. २०८२ भित्र देशलाई नै सडक मानव मुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।