पेल्ट्री भलाई कोषको अध्यक्षमा अधिकारी

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७५ ००:२६

हेटौंडा–जिल्ला बाहिर कुखुरा जन्य पदार्थको पैठारी गर्ने व्यवसायीहरुको सस्था मकवानपुर पोल्ट्रि कल्याणकारी संघ (भलाई कोष) को अध्यक्षमा सुनिल अधिकारी निर्वाचित भएका छन् ।

कोषको आज भएको साधारण भेलाले अधिकारीको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको हो । कोषको उपाध्यक्ष बिरेन्द्र खत्री, महासचिब जयराम अर्याल, सचिब बासु भण्डारी र कोषाध्यक्ष बिष्णु अधिकारी रहेका छन् ।

कोषको सदस्यहरुमा दिपक मिश्र, अजय खड्का, प्रदिप पण्डीत र बिकास घिमिरे सर्बसम्मत निर्वाचित भएका हुन् । जिल्लामा उत्पादन भएको कुखुरा जन्य पदार्थलाई जिल्ला बाहिर सप्लाई गर्दा हुन सक्ने सभ्भावीत दुर्घटनाको क्षेती व्यहोर्ने गरी कोष गठन गरीएको हो ।

जिल्लाबाट काठमाण्डौं, सहित तराईका पर्शा, सर्लाहि लगाएका जिल्लामा कुखुरा जन्य उत्पादन बिक्रीका लागि जाने गर्दछ । कार्यक्रम मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अघिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा संघको खबर सम्प्रेषणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप बिष्ट र राजन दाहाललाई सम्मान गरीएको थियो ।