प्रविधिमैत्री शिक्षक संगठित हुँदै, प्रदेश भेला हेटौंडामा

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७५ ००:४०

हेटौँडा – प्रविधिमैत्री शिक्षक समाज नेपालले आफ्नो क्षेत्र देशभर विस्तार गर्ने उदेश्यका साथ प्रदेश तिनमा यहि फागुन २५ गते हेटौँडामा अधिवेशन गर्ने भएको छ ।
हेटौँडाको न्युज क्लव नेपालमा पत्रकार सम्मेलन गरि अधिवेशन बारे प्रविधिमैत्री शिक्षक समाज नेपाल मकवानपुरका संयोजक जिवन तिमल्सीनाले जानकारी दिए। अधिवेशनमा प्रविधि सम्बन्धीत सुचना सञ्चार दिने सफ्टयरहरु समेत प्रस्तुत गरिने तिमल्सीनाले बताए।
यस्तै कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सचिव देवी प्रसाद शर्माले नेपालभरका सम्पुर्ण विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने,विद्यालयलाई आईसिटि मैत्री बनाउने र विद्याथीहरुको मुल्याड्डकन प्रविधिमैत्री बनाउने उदेश्यका साथ आफुहरु अघि बढेको बताए।
यस्तै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बश्यालले विद्यालयहरुमा प्रशासनिक कार्यहरुको लागि प्रविधिमैत्री शिक्षकहरुको आवश्यक रहेको बताएका थिए। प्रविधिमैत्री शिक्षक समाज नेपाल एक प्रविधिमा रुचि राख्ने,एक अभिभावक बच्चाहरुको चाहना पुरा गर्ने संस्था रहेको बताए ।
पत्रकार सम्मेलनमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य शोभा कोईरला,आइसिटिका प्रमुख मोहन राहुत लगाएतले मन्तव्य राखेका थिए। प्रविधिमैत्री शिक्षक समाज नेपालले  हेटौँडाको राष्ट्रिय आधुनिक माविमा विभिन्न ठाउँका शिक्षकहरु सगं अन्तरक्रिया कार्यक्रम राखेको थियो।