राहत शिक्षक हेटौंडा नगर अध्यक्षमा वर्तौला
गुगलपाटी संवाददाताहेटौंडा–नेपाल राहत शिक्षक समिति हेटौंडा उपमहानगरपालिका अध्यक्षमा शिवप्रसाद वर्तौला चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको प्रथम नगर अधिवेशनबाट वर्तौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । कार्यक्रम नेपाल राहत शिक्षक केन्द्रीय समिति सहअध्यक्ष विपी खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा राहत शिक्षक ३ नम्बर प्रदेश अध्यक्ष बासुप्रसाद अधिकारी, प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भुपती बस्याल, नेपाल राहत शिक्षक समितिका ३ नम्बर प्रदेश महासचिव तथा मकवानपुर अध्यक्ष हरि पौड्याललगायतले मन्तव्य व्यक्त गरेका थिए । राहत शिक्षक र नेपाल सरकारबीच भएको सहमतिको पालना नभएको भन्दै राहत शिक्षकहरु सरकारप्रति असन्तुष्ट छन् । उनीहरुले आफ्नो माग पूरा गर्न सरकारलाई दबाब पनि दिँदै आएका छन् ।