नेकपा मकवानपुरको सचिवालय बैठक सम्पन्न

गुगलपाटी संवाददाता
५ फाल्गुन २०७५ १२:२४

नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरको पुर्व सचिवालय स्तरका नेताहरुको बैठक आज हेटौंडा भएको छ । बैठकमा पार्टी स्थायी कमिटि सदस्य तथा प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले कार्यकर्ताहरुले राखेको जिज्ञासा समेट्दै पार्टी एकताको प्रक्रिया छिट्टै टुङ्गो लाग्ने बताइन् ।


त्यसको लागि प्रेदश कमिटिले गर्नुपर्ने सिफारिस र निर्णय भइसकेकाले केन्द्रको निर्णय कुरिरहेको बताइन् । बैठकमा नेकपा प्रदेश ३ अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्व राना, नेताहरु प्रेम बहादुर पुलामी, बद्रि लम्साल लगायत नेताहरुको उपस्थिती रहेको नेकपाका नेता कमान सिं पाख्रिनले बताए ।