हेटौंडा बजार क्षेत्रको सडक १६ मिटर बिस्तार हुने

गुगलपाटी संवाददाता
६ फाल्गुन २०७५ ००:२६

हेटौंडा– हेटौंडा बजार क्षेत्रको विस्तार गर्न ३ नम्बर प्रदेश सरकारले चासो देखाएको छ ।  हेटौंडा बजार क्षेत्रको सडक १६ मिटर विस्तार गरी बाइपास सडकलाई राजमार्गको रुपमा विकास गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग र त्रिभुवनराजपथको सडकलाई सडकको दायाँ बायाँ १६ –१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राजमार्गको रुपमा बिकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निणय गरेको हो ।

हेटौंडाको मुख्यबजार क्षेत्रलाई शहरी सडकको रुपमा बिकाश गरेर ४ लेनको सडक निर्माण गर्ने, त्यसमा ग्रिन बेल्ट (सडकको दायाँ बायाँ बगैचा ) निर्माण गर्ने, फुटपाथ निर्माण गर्ने, सर्भिस ट्रयाक निर्माण र बाईपास सडक निर्माण गरेर राजमार्गका रुपमा बिकाश गर्ने निणय गरिएको हो ।

बाईपास सडक निर्माणका लागि तीन नंम्बर प्रदेश सरकारले चालु आर्थिक बर्षमा पाँच करोड रुपैयाँ छुट्याएको छ । यो रकमबाट खर्च गर्ने गरी डिपीआर बनाउने काम अन्तीम चरणमा पुगेको भौतीक पुर्बाधार बिकाश मन्त्रालयले जनाएको छ । उपमहानगरपालिका क्षेत्रको सडकलाई शहरी सडकका रुपमा अगाढी बढाउने गरी प्रदेश सरकार अगाढी बढेको हो ।

शहरी राजमार्गका रुपमा बिकाश गरेपछि हेटौंडा क्षेत्रमा पर्ने पुर्ब पस्चिम राजमार्ग, त्रिभुवन राजपथ सडकको दायाँ बायाँ २५ मिटर भत्काउने भनेर सडक डिभिजन कार्यालय हेटौंडाले यसअघि सूचना जारी गर्दै आएको काम पनि ओझेलमा परेकोे छ ।

यसैगरी मन्त्रीपरिषद बैठकले बहुप्राबिधिक महाँबिद्यालय स्थापना गर्नका लागि जग्गा प्राप्तीका लागि संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रबक्ता कैलाश प्रसाद ढुंगेलले जानकारी दिए । त्यसैगरी प्रदेशको संगठन संरचना र दरबन्दी तेरिस स्वीकृती गर्ने सम्बन्धमा पनि निर्णय भएको बताइएको छ ।