कोरियन भाषा अध्ययनको लागि सम्झौता

गुगलपाटी संवाददाता
६ फाल्गुन २०७५ ००:३४

हेटौंडा–कोरियन भाषा अध्ययन–अध्यापनको सम्बन्धमा मकवानपुर उद्योग वाणिज्य संघ र दक्षिण कोरियाको जि.एस.एन टेक्नोलोजीबीच समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । संघको तर्फबाट संघका अध्यक्ष कृष्ण कटुवाल र युनिभर्सिटीको तर्फबाट अध्यक्ष डा. सिन लि चुलले शनिबार एमओयुमा हस्ताक्षर गरिएको थियो ।

संघले कोरियन भाषा अध्ययनको लेबल हेटौंडाबाटै कोरिया पढ्न जान सक्ने अध्ययन गराउने र कोरिया सरकारको अनुमति प्राप्त प्रमाणपत्र समेत प्राप्त हुने गरी कोरियन भाषा विषय पढाउनको लागि एमओयु गरिएको हो । थोरै रकममा तिन लेबलसम्म पढाई हुने र परीक्षा यहिँ बसेर दिन सकिनुका साथै प्रमाण पत्र पनि यहिँ बसेर प्राप्त गर्न सकिने कार्यक्रम संयोजक तथा संघका कार्य समिति सदस्य कृष्ण प्रसाद ढुंगानाले बताए ।

कोरियन भाषा कोरियन शिक्षकले दक्षिण कोरियाबाट नै पढाउने र यहाँ विद्यार्थीले टेलिभिजन मार्फत प्रत्यक्ष रुपमा पढाइहुने संघले जनाएको छ । संघले भाषा पढाइको परिक्षण कक्षा समेत सफल भए पश्चात पुरा कक्षा सञ्चालन गर्नका लागि युनिभर्सिटी संग एमओयुमा हस्ताक्षर गरिएको हो ।