फेकोफनको केन्द्रीय बैठक मकवानपुरमा सुरु
गुगलपाटी संवाददाताहेटौंडा–सामुदायिक वन उपभोक्ता महासंघ नेपालको दोस्रो राष्ट्रिय बैठक आइतबार साँझबाट मकवानपुरको मनहरीमा सुरु भएको छ ।
मनहरीस्थित वन तालिम हलमा आयोजित बैठकमा महासंघका केन्द्रीय समितिका समेत गरी एक सय जनाले बैठकमा सहभागिता जनाएका छन् । बैठकले महाधिवेसनले पारित गरेका कतिपय प्रस्तावहरुको कार्यान्वयनका लागि ठोस कार्यक्रम तय गर्नेछ । त्यसैगरी चार महिनापछि आयोजना हुने अर्काे बैठकको अबधिमा सम्पन्न गर्ने कामहरुको समेत तर्जुमा गर्ने महासंघकी अध्यक्ष भारती पाठकले बताइन् ।
खासगरी सरकारले सामुदायिक वन उपभोक्ता समूहमा समेत कर लगाउनका लागि गरेको नियन्त्रण र वन पैदावारलाई उद्यमको रुपमा विकास गर्नका लागि महासंघको बैठकमा छलफल हुने उनले बताइन् । बैठक फागुन ७ गतेसम्म सञ्चालन हुने सामुदायिक वन उपभोक्ता महासंघ नेपालले जनाएको छ ।