स्थानीय पत्रपत्रिकाः स्थानीय तहमा इजलास नहुँदा न्याय सम्पादनमा समस्या

गुगलपाटी संवाददाता
६ फाल्गुन २०७५ ०२:३०

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले हेटौंडा बजारको राजमार्ग क्षेत्रमा १६ मिटर सडक विस्तार गर्न प्रदेश मन्त्रिपरिषद्ले संघीय सरकारलाई सिफारिस गरेको, घुस खान नपाएपछि कर्मचारी नआएको मुख्यमन्त्रीको भनाइ, प्रदे सरकारको सहयोगमा लोकतान्त्रिक पार्क बनेको, युरेनियम खानीको संरक्षणमा गाउँपालिकाले चासो दिएको, मकवानपुरमा माघ महिनामा सवारी दूर्घटनामा ४ जनाका मृत्यु भएको, प्रेसको भूमिका सचेत गराउनु भएको मुख्यमन्त्री पौडेलको भनाइलगायतका समाचार पहिलो प्राथमिकतामा छापेका छन् ।

मकवानपुरको स्थानीय तहमा न्यायिक इजलास स्थापना हुन नसक्दा न्यायिक समितिलाई न्याय सम्पादनमा समस्या भएको समाचार आजको साझाकुरा दैनिकले छापेको छ । जिल्लाको १० वटा स्थानीय तहमध्ये ७ वटामा मात्र न्यायिक इजलास बनेको छ ।

बकैया गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका बाहेक अन्यमा न्यायिक इजलास कक्ष बनाइएको छैन ।,इजलास नहुँदा न्यायिक समितिका अध्यक्षहरुले आफ्नै कार्यकक्षमा बसेर निवेदन दर्ता तथा सुनुवाई गर्ने गर्छन् ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ