यी युवकले गरे संघियता बिरुद्ध पांचायन पूजा

गुगलपाटी संवाददाता मकवानपुर
२५ चैत्र २०७४ ०९:५६

मकवानपुरका एक युवकले संघीयताले मुलुक अस्तब्यस्त हुने भन्दै संघीयता खारेज सहितको कामना गर्दै आइतबार हेटौंडामा पांचायन पूजा गरेका छन् ।
हेटौंडाको मानसचोकमा उनले आइतबार यो पूजा गर्दै संघीयता र धर्मनिरपेक्ष्यको बिरोध गर्दै नेपाली जनताको सम्मृद्धिको कामना गरेका छन् । उनले संघीयताका पक्षमा जारी भएको २०७२ सालको संबिधान पनि संशोधन आवश्यक रहेको बताए ।
२०६२ सालमा सम्पन्न भएको जनआन्दोलनको समेत उपेक्षा भएको भन्दै देश अब सेनाले मात्रै जोगाउन सक्ने उनको तर्क छ । सेनाको हातमा मुलुक गए देश र नेपालीहरुको संरक्षण हुने भन्दै उनले पूजापाठ गरेको बताएका छन् । यसअघि उनले संबिधान बिरुद्ध बिभिन्न स्थानमा ।ाद्ध गर्दै हिडेका थिए । संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७३ साल श्रावण २० गते ,संविधानको श्राद्ध जिल्ला रौतहट चन्द्रनिगाहपुरको चपुरमा वि.सं. २०७३ साल भाद्र ६ गते,संविधानको श्राद्ध जिल्ला मकवानपुरको हेटांैडामा वि.सं. २०७३ साल भाद्र ९ गते ,संविधानको श्राद्ध जिल्ला चितवनको नारायणघाटमा विक्रम संवत २०७४ साल माघ ११ गते,संविधानको श्राद्ध जिल्ला पर्साको बिरगंजमा वि.सं. २०७४ साल माघ २१ गते संविधानको श्राद्ध गरेको बताएका छन् । बर्दिया स्थायी घर भइ हेटौंडा बस्दै आएका राकेश कुमार शर्माले आइतबार यसरी संघीयताको बिरोधमा पूजा गरेका हुन् ।