स्वरोजगार कृषक समुहको चौथो वार्षिक साधारण सभा सम्पन्न

गुगलपाटी संवाददाता हेटौँडा
६ फाल्गुन २०७५ ०८:०३

स्वरोजगार बङगुर पालक कृषक समुहको चौथो वार्षिक साधारण सभा शनिबार हेटौँडामा सम्पन्न भएको छ । विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको कार्यक्रममा २६ जनालाई शेर सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो।


समुहका अध्यक्ष देवेन्द्र राईको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ का वडा अध्यक्ष गोकर्ण पराजुलिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थापना कालदेखि विभिन्न सञ्चार माध्यमहरुमा समाचार सम्प्रेषण गरेर संस्थालाई सघाउ पुर्याएको भन्दै संस्थाका प्रेस सल्लाहाकार जी। न्यौपाने लाई सम्मान गरिएको थियो।

यसै गरि संस्थामा रहेर आर्थिक काममा साथै व्यबस्थापनमा दक्षता देखाउने कोषध्यक्ष सावीत्री गोङ्बा,व्यबस्थापक अनिश कार्की,सदस्य रामकुमार जिम्बा लगाएतलाइ सम्मान गरिएको थियो।कार्यक्रममा जिल्ला बार एसोसिएसनका उपाध्क्ष तथा समुहका कानुनि सल्लाहाकार ऋषि केबि,पाराभेटका जिल्ला अध्यक्ष कुमार खड्का,सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगर लगाएतको उपस्थिति रहेको थियो।

यसैगरि समुहले सकृय सदस्यहरुलाई उन्नत जातका बङगुरका ३० ओटा पाठापाठि समेत अनुदानमा दिएको संस्थाले जनाएको छ।प्रतेक वर्ष उन्नत जातका पाठापाठि समुहका सदस्यलाई वितरण गरिदै आएको समुहका अध्यक्ष देवेन्द्र राइले बताए।कार्यक्रममा सचिव महेन्द्र श्रेष्ठ,कोषध्यक्ष सावीत्री गोङ्बाले प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरेका थिए।

तपाईको प्रतिक्रिया