रेडियो थाहा संञ्चार मार्फत संस्कृत विद्यालयमा स्टेशनरीको सामान वितरण

गुगलपाटी संवाददाता हेटौंडा
६ फाल्गुन २०७५ ०९:५२

रेडियो थाहा सञ्चार ९९.६ एफएम स्थापनाको ११ वर्ष पुरा गरि १२ वर्ष पुगेको आज छैठौ दिनको अवसरमा हेटौंडाको गोरक्षस्थित संस्कृत विद्यालयमा स्टेशनरी सामान वितरण गरिएको छ ।

हेटौंडामा एक मात्र संस्कृत विषय पढाई हुने विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आज रेडियोका सञ्चालक तथा संरक्षक अजयराज सुमार्गीले विद्यालयका व्यवस्थापक प्रेमनाथ पराजुलीलाई स्टेशनरी सामाग्री हस्तान्तरन गरेका हुन् ।

कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापक पराजुलीले वर्तमान समयमा विभिन्न भाषा प्रचलनमा आएको भएपनि सस्ंकृत भाषाको महत्व घट्दै र संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।

यस्तै कार्यक्रममा रेडियोका संरक्षक सुमार्गीले रेडियोले सधैको जस्तै यस वर्ष पनि साप्ताहिक कार्यक्रमको छैठौ दिन शैक्षिक कार्यक्रमलाई महत्व दिएको बताए । २०५६ सालदेखी सञ्चालनमा आएको विद्यालयमा कक्षा ६ देखी ८ सम्म अध्यापन भईरहेको छ ।

साताव्यापी कार्यक्रमको अन्तिम दिन भोलि थाहा वर्ष सम्मान तथा समापन समारोह हुने रेडियोका स्टेशन म्यानेजर मणिराज गौतमले बताए । वि.स. २०६४ साल फागुन ७ गतेबाट हेटौँडाबाट नियमित प्रशारण शुभारम्भ गरेको रेडियो थाहा सञ्चार एक हजार वाट क्षमताका साथ प्रसारण भईरहेको छ ।