११ बर्षिया बालिकाको सामुहिक बलात्कार पछि हत्या भएको पुष्टि

गुगलपाटी संवाददाता धनुषा
६ फाल्गुन २०७५ १०:४१

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बोल्न नसक्ने अपाङ्ग बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ ।

धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार पछि हत्या भएको पुष्टि भएको हो।

प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको छ । ती अधिकारीले भने, ‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको छ ।’