नेपालमा राजसंस्था फर्काउँछौंः महतो

गुगलपाटी संवाददाता
७ फाल्गुन २०७५ ००:३०

हेटौंडा–राज संस्थावादी वृहत समुहका केन्द्रीय संयोजक किशोरी महत्तोले नेपालमा राज सस्ंथा फर्काउने उद्घोष गरेका छन् । हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक महत्तोले तात्कालिन राजा ज्ञानेन्द्र र दलहरुसँग राजसस्था राख्ने सहमति भएको दाबी गरे ।

राजाको सहयोगले नै २०६२/६३ को आन्दोलन सफल भएको उनको भनाइ थियो । राजाले चाहेको भए दमन गरेर भएपनि राजसंस्था जोगिने अवस्था रहे पनि तत्कालिन गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल सहितको नेतासँग
आन्तरिम संविधानमा राजतन्त्र राख्ने सहमति भएकाले राजाले गद्दी छाडेको उनको भनाइ थियो । 

राजालाई हटाएर नेपालको राजनीतिक दलहरुले धोका दिएको भन्दै उनले त्यतिबेला राजा ज्ञानेन्द्रलाई निरिह बनाएको महतोको भनाइ थियो । उनले त्यो बेला राजतन्त्रको विषयमा बोल्दा कोहि पनि नहुँदा समस्या भएको भन्दै अब उक्त समयको खुलासा चाँडै हुने दाबी गरे । आफूूहरुले प्रजातान्त्रिक राजसंस्थाको परिकल्पना गरेको समेत बताए ।

कार्यक्रममा बोल्दै राजसस्थाबादी बृहत युवा मोर्चाका केन्द्रीय प्रतिनिधि महेश मगरले राजाविना देशको विकास र समृद्धि सम्भव नभएको बताए । राजा नहुँदा देशमा लुटतन्त्र मच्चिएको उनको भनाइ थियो ।