सानो देशका गरिब जनता भन्ने हिन भावनाबाट मुक्ति मिलेको छ :- मुख्यमन्त्रि पौडेल

गुगलपाटी संवाददाता हेटौंडा
७ फाल्गुन २०७५ ०६:५३

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज हेटौँडामा आयोजना भएको कार्यक्रममा प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नेपालमा नेपालीको आकांक्षा संगै चेतना, जीवन पद्धति, संस्कार र संस्कृतिहरु बद्लिएको बताएका छन् ।

पौडेलका अनुसार सुचना र प्रविधिको उच्चतम् उपयोगबाट दुनियाँ तिव्र गतिमा अघि बढेको र हामी मात्रै नभएर सम्पुर्ण नेपालीको सोचमा फरकपन आएको बताएका छन् ।

नेपाली जनता कतिपयकाृ सुचना र प्रविधिले जीवन दिनप्रति दिन सरल र सहज बन्दै गईरहेका छन् भने कतिपयको जिवन कष्टप्रद नै छ । हजारौं बालबालिकाहरु गुणस्तर शिक्षबाट बञ्चित हुनुपर्ने बाध्याताहरु पनि सिर्जित छन् । थुप्रै जनता गाँस, बास र कपासको समस्यामा छन् ।

यो युग सुहाँउदो कुरा होईन । युवाहरु अवसरबाट बञ्चित छन् । यसलाई परिवर्तन गर्नुपर्छ । ”
पनैडेलले भने :-भएन, हुँदैन, गर्न सकिदैन विग्रियो, भत्कियो यस्ता शब्दहरु सुन्ने आदत भैसकेको थियो तर आज बहसको विषय बद्लिएको छ ।

विकास र समृद्धि नेपाली मिडिया र बौद्धिक वृतमा केन्द्रीय बहसको विषय बन्न थालेको छ । विकासको जस लिन हानथाप हुन थालेको छ । हुँदैन, गर्न सकिदैन विग्रियो, भत्कियो यस्ता शब्दहरु सुन्ने आदत भैसकेको थियो तर आज बहसको विषय बद्लिएको छ । सानो देशका गरिब जनता भन्ने हिन भावनाबाट मुक्ति मिलेको छ ।”

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठले नेपालको गणतन्त्रलाई अझ बलियो बनाउनुपर्ने बताए । नेपाली जनताको स्वतन्त्रताको लागि लडने सहिदले देखाएको बाटोलाई भुल्न नहुने भन्दै उनले अब सबै मिलेर देश विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेश नंबर ३ का मन्त्रीहरु, सांसद सहितका उच्चपदस्त कर्मचारीहरुको समेत सहभागिता थियो ।