बोल्न नसक्ने ११ वर्षिया बालिका बलात्कारपछि ज्युँदै जलाएर हत्या गर्ने पक्राउ
गुगलपाटी संवाददाता धनुषाधनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।
बोल्न नसक्ने ११ बालिकामाथि बलात्कारपछि ज्युँदै जलाएर हत्या गर्ने धनुषाको पेवश्र–४ बेगौली टोलका निरनु भनिने निरज जर्गा मगरलाई पक्राउ गरेको छ ।
धनुषाकी ११ वर्षीया बालिका दुतिया रसाइलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो। मिथिला नगरपालिका–३, हरिहरपुरका नारायण रसाइलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै विवाह भोज खान गएको क्रममा नै उनको बलात्कारपछि हत्या भएको थियो।
घटना शंकाष्पद भन्दै २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएपछि प्रहरीले हत्यारा खोजतलासको काममा तीब्रता दिएको थियो।
कसरी भयो घटना ?
धनुषाको मिथिला नगरपालिका(३, हरिहरपुरको मरधरस्थित मगरटोलका स्थानीयहरु फागुन २ गते बुधबार विवाहको भोज र नाचगानमा व्यस्त थिए। ुरेशमाु भनेर चिनिने दुतिया राति साढे ८ बजेसम्म विवाह भोजमा देखिएकी थिइन्। त्यसपछि उनको एकचोटी भोलिपल्ट मात्रै बिहान शव भेटिएको थियो। नांगो र जलेको अवस्थामा शव भेटिएपछि प्रदेश प्रहरी कार्यालय २ र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अघि बढाएको थियो।
पक्राउ परेका निरज जर्घा मगर आफ्नो मामाको घर मिथिला नगरपालिका֪(३ स्थित मगर टोल बस्ने इन्द्र बुर्जा मगरेकी छोरी मन्दिरा बुर्जा मगरेको विवाहमा गएका थिए। विवाह सकिएपछि उनी भोजमा पनि सहभागी भएका थिए। त्यसपछि विवाह घरमा नाचगान भईराखेकै क्रममा बिजुलीको लाइन काटिएपछि केही केटाकेटीहरु बाहेक अधिकांश जसो आ((आफ्नो घर गएका थिए। सोही मौकामा रक्सी र गाँजा खाएका जर्घा मगरले ११ वर्षीया बालिका दुतियालाई फकाउन भनि नजिकैको किराना पसलमा लगेर चाउचाउ र फ्रुटी किनिदिएको अनुसन्धानमा खटिएका धनुषाका एसपी शेखर खनालले जानकारी दिए।
चाउचाउ र फ्रुटी किनिदिएपछि बालिकालाई मगरले खोलाको बाटो हुँदै उत्तरतर्फ अन्दाजी २ सय मिटर टाढाको पोखरीको पश्चिमतर्फको उखुबारीमा लगेका थिए।
खेतमा पुर्याएपछि बालिकालाई चाउचाउ र फ्रुटी खान दिई उनले जबरजस्ती करणी गरेका थिए। पछि बालिकाले गाउँमा गएर पोल खुलाउने डरले मगरले घाँटी थिचेर हत्या गरेका थिए।
हत्या गरेपछि बालिकाको शवलाई लुकाउने र फिंगर प्रिन्ट लगायतका प्रमाण नष्ट गर्न उनले उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाइटरले आगो लगाएको बताएका छन्।
बालिकालाई आगो लगाएपछि उनी पुनः विवाह घरमा गएर नाच हेरेर बसेका थिए। अन्दाजी राति साढे ११ बजे उनी विवाह घरबाट नाचगान सकेर मामाघर गएर सुतेका थिए।
भोलिपल्ट बिहान उठ्दा गाउँमा हल्ला भएपछि उनी आफैं शव जलाएको ठाउँमा हेर्न गएका थिए। त्यसपछि पुनः मामा घर फर्किएर बिहान १० बजे गाउँबाट भागेका थिए।
मगर विभिन्न चोरी मुद्दामासमेत पटक(पटक पक्राउ परेका व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। उनी केटी जिस्काएको आरोपमा इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिई कारबाही गरेको थियो। त्यस्तै, सार्वजनिक अपराधमा महानगरीय प्रहरी वृत कालिमाटीले पक्राउ गरेर तीन महिना केन्द्रीय कारागार बसेर छुटेका थिए।
उनी लागुऔषध सेवनकर्ता समेत भएको पाइएको छ। उनका बुवा भारतमा लेवर काम गर्छन्। उनी कहिले काठमाडौं जनकपुर तथा आफन्तकोमा बस्दै आएका थिए। उनी हाउस पेन्ट, खलासी र लेवर काम गर्थे।
छोरीको हेक्का नराख्दा !!
दुतसया दिउँसो र साँझको कार्यक्रममा सहभागी भएकी थिइन्। तर, विवाहको रमझममा दिन बिताएकी दुतिया घर फर्किनन्। छिमेकमै विवाह भएकाले दुतियाका बाबु, हजुरबा र हजुरआमा उतै सुती होली भनेर आफ्नो घरमा सुते। छोरी कता सुती भन्ने हेक्का राखेनन्।
केही समयदेखि दुतियाका आमा बुवासँगै बस्दैनथे। दितियाको परिवार अहिले अर्काको घरमा बस्दै आएको छ। आगो ताप्ने क्रममा घर जलेपछि उनीहरू अर्काको घरमा बस्दै आएका हुन्। दितियाका अभिभावकमध्ये ८० वर्षीय हजुरआमा सूर्यमाला रसाइलीको आँखाको दृष्टिशक्ति कमजोर छ। उनका बाबु देवनारायण विश्वकर्मा (रसाइली) सोझो स्वभावका छन्।
यस्तो परिवारमा बुधबारको विवाहको रमझम सकिन नपाउँदै बज्रपात आइपर्यो। सम्भवतः उक्त परिवारले सोचेको थिएन होला, बुधबार विवाहको रमझम सकिन नपाउँदै बिहीबार दुतिया होइन उनको शव भेटिनेछ भनेर। तर, भयो त्यस्तै।
बुधबार साँझ विवाहपछि नाचगान भइरहेका बेला विवाह घर गएकी कक्षा २ मा अध्ययनरत दुतिया रसाइली ९रेशमा०को शव बिहीबार बिहान १० बजेतिर घरभन्दा करीब २ सय मिटर पर उखुबारीमा फेला पर्यो।
बिहीबार बिहानसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो। तर, छरछिमेक र गाउँले सबै लाग्दा पनि उनको पत्तो पाउन सकेनन्। बिहीबार बिहान १० बजेतिर खेत जोत्न ट्रयाक्टर लिएर जाने एक जना स्थानीयले बच्चाको शव जलाएको अवस्थामा खेतमा रहेको खबर गाउँमा गरे।
उक्त खबर पाएपछि गाउँलेका बीचमा कौतुहलता र सन्नाटा छायो। जे भए पनि उक्त स्थानमा जानु उनीहरूको बाध्यता थियो, गए। तर, शव झट्टै चिन्न सक्ने अवस्थामा थिएन। दुतियाले लगाउने स्वेटर र हातले शव उनकै हो भनी घरपरिवार र स्थानीयहरुले यकिन गरे।
यस्तो थियो घटनास्थल
घटनास्थल पुगेकी महिला अधिकारकर्मी विना कडारीका अनुसार उखुबारीमा उनको शव जलाइएको अवस्थामा फेला परेको थियो। ुशरीरमा कपडा थिएन, वरिपरि रगतका केही छिटाहरु देखा परेका थिए। उनको बलात्कारपश्चात् पहिचान नहोस् भन्ने मनसायले अपराधीले जलाएको हुनसक्ने कडारीले बताइन्।
घटनाबारे तत्कालै गाउँलेले प्रहरीलाई खबर गरे। उखुबारीमा शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी घटनास्थल पुग्यो र अनुसन्धान थाल्यो।
मृतक दुतियाको आधा शरीर जलाइएको अवस्थामा भेटेपछि उनको शव पोस्टमार्टमका लागि जनकपुरस्थित अञ्चल अस्पताल लगिएको थियो।
महिला अधिकारकर्मीहरु आन्दोलित
दुतियाको हत्या भएको पुष्टि भएपछि हत्यारालाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मीले प्रदर्शन गरेका छन्। ‘दुतिया रसाइलीलाई न्याय देऊ’, ‘हत्यारालाई कारबाही गर’, ‘लागुऔषध बन्द गरौं’ जस्ता नारा लगाउँदै महिला अधिकारीकर्मीले मिथिला नगरपालिकाको मुख्यबजार क्षेत्र ढल्केवरमा प्रदर्शन गरेका छन्।
दुतिया हत्याका सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन्।
पिडित परिवार अर्थात् रेशमाकी आमाले छोडेर गएपछि उनको हेरचाह गर्दै आएकी ८० वर्षीया हजुरआमा सूर्यमाला रसाइली अहिले विक्षिप्त अवस्थामा छिन्। नातिनीमाथि राखेका सपना तुहिएका छन्। सूर्यमालालाई घरमा सघाउने ८५ वर्षीय श्रीमान् र स्पष्टसँग बोल्न नसक्ने देवनारायण विश्वकर्माको खुसीको संसारमा बज्रपात परेको महिला अधिकारकर्मी कल्पना कडारीले बताइन्।
उनी भन्छिन्, ‘हामी महिला अधिकारकर्मीहरु यस घटनाको सघन रुपमा छानबिन गर्न अनुरोध गर्छौं।’ अपराधीलाई कडा भन्दा कडा कारबाहीका लागि प्रहरी प्रशासन उपर दबाब सिजर्ना गर्ने उनको भनाइ छ।