सर्वोच्चका वरिष्ठ न्याायधीश दीपकराज जोशीले दिए राजिनामा
गुगलपाटी संवाददाता काठमाडौंसर्वोच्चका वरिष्ठ न्याायधीश दीपकराज जोशीले राजिनामा दिएका छन् । आफूलाई काम गर्न नदिइएपछि राजीनामा दिएको बताउछन् उनि ।
प्रधानन्याायधीशमा चोलेन्द्र शमशेर राणा पुस १७ गते प्रधानन्याधीशमा नियुक्त आएपछि उनको जिम्मेवारी खोस्दै कामविहीन बनाइदिएका थिए। काम गर्न दिएनन् त्यही भएर राजीनामा दिएँ, जोशीले भने, न्याय परिषद् यताउतामा अवरोध भयो। त्यही अवरोधका कारण राजीनामा दिएको हुँ । अरु भन्नु केही छैन ।
प्रधानन्यायाधीशमा सिफारिस जोशी साउन १८ मा पहिलो पटक जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। उनीसँगै ओमप्रकाश मिश्र र राणा सिफारिसमा परेका थिए। त्यसपछि मिश्र प्रधानन्यायाधीश भए।
पुनः सर्वोच्च फर्किएका जोशीले विवादास्पद फैसला गरे। न्याय परिषद्ले पुनः राणासहित जोशीको नाम पनि प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। तर संवैधानिक परिषद्ले राणाको नाम पठाएको थियो।
प्रधानन्यायाधीशमा राणा आएपछि जोशीलाई मुद्दा हेर्न दिएका थिएनन्। जोशीको जिम्मेवारी पुस १९ देखि नै खोसिएको थियो।