घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकमाथि छानबिन गर्न समिति गठन
गुगलपाटी संवाददाता काठमाडौंघुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ।
महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने राय दिएलगत्तै अख्तियारले मंगलबार छानबिन समिति गठन गरेको हो।
सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। पाठकमाथि औपचारिक अनुसन्धान सुुरु भएको छ,’ उनले भने, ‘विस्तृत अनुसन्धान हुुन्छ।’
महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएको थियो।
पाठकको झन्डै एक अर्ब रुपैयाँ बराबरको अकुत सम्पत्ति देखिएको भन्दै काठमाडौंं कोटेश्वरका सुजन दाहालले अख्तिायरमा आइतबार उजुरी दिएका छन्।
स्वामित्व विवादमा रहेको भक्तपुरको चाँगुस्थित इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको सार्वजनिक भएको थियो।