इस्वरचन्द्र पोखरेल गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेशको अध्यक्षमा चयन, १९ सदस्यीय प्रदेश कमिटी
गुगलपाटी संवाददाता किर्नेटार (दोलखा)तामाकोशी गाउँपालिकाको किर्नेटारमा केहिबेर अघि सम्पन्न बन्दशत्रले इस्वरचन्द्र पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष इस्वरचन्द्र पोखरेल सर्वसम्मत रुपमा चयन भएका हुन् ।
यसअघि पनि गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीको तदर्थ समितिको सँयोजक रहेका पोखरेल् ३ नम्बर प्रदेश कमिटीको अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सह सचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडालाई कोषाध्यक्षमा सर्वसम्मक्ष चयन गरेको छ ।
निर्वाचित कार्य समितिको कार्य अवधि बर्तमान स्थानीय सरकारको अवधिभर हुनेछ । तामाकोशीको किर्नेटारमा हिजोदेखि सुरु भएको अधिवेशन उपप्रधान तथा रक्षामन्त्री इस्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।
१९ सदस्यीय प्रदेश कमिटीको सदस्यहरुमा रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार चयन भएका छन् ।
यस्तै, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नुवाकोटको तारकेस्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेस्वर काफ्ले र सिन्धुलीको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा पनि प्रदेश कमिटीको सदस्यमा चयन भएका छन् ।
गाउँपालिका राष्ट्रिय महासँघ ३ नम्बर प्रदेश कमिटीका अन्य सदस्यहरुमा सिन्धुलीको हरिहरपुर गणी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी रहेका छन् ।
निर्वाचित कार्य समितिको कार्य अवधि बर्तमान स्थानीय सरकारको अवधिभर हुनेछ । तामाकोशीको किर्नेटारमा हिजोदेखि सुरु भएको अधिवेशनको उपप्रधान तथा रक्षामन्त्री इस्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा ३ नम्बर प्रदेशका १३ वटा जिल्लाका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता थियो ।