शिक्षा नितिमा परिवर्तन आवश्यक : मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाता चैत २६हेटौँडा ११ मा रहेको त्रिभुवन माविले आज एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । विद्यालयले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल,हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामा, प्रदेशसभा सांसद कुमारी मोक्तानलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले नीजि तथा सामुदायिक विद्यालयबिचको खाडल पुर्न जरुरी रहेको बताएका छन् ।
सामुदायिक विद्यालय र नीजि विद्यालयको असमानतको कारण समस्या भएको भन्दै उनले सरकारले शिक्षा नीतिमा परिवर्तन गर्न जुरुरी रहेको बताए । अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारले शिक्षामा नयाँ सोचको साथ नयाँ कार्यक्रमहरु लागु गर्ने बताए । प्रदेश सरकारले शिक्षा क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको भन्दै उनले सामुदायिक विद्यालयलाई पनि उत्कृष्ट तथा प्रतिस्पर्धी बनाउने विषयमा आफुहरु गम्भिर रहेको धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सांसद कुमारी मोक्तानले अव राज्यले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताईन् । शिक्षाको पनि परिवर्तन जरुरी रहेको भन्दै उनले प्रदेश सरकारले यसतर्फ पनि ध्यान दिनुपर्ने बताईन् । कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले हेटौँडा उपमहानगरपालिकाले शिक्षा ऐन बनाईसकेको र केहि समय भित्र कार्यन्वयन हुने बताईन् ।
त्रिभुवन मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष वालकृष्ण बजगाँईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नंबर ११ का वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली, वडा सदस्यहरु रामचन्द्र न्यौपाने, जुना दाहाल, प्रचार्य केदारप्रसाद बिडारी, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौँलागाई, रेडक्रम सोसाईटी हेटौँडा १० र ११ की अध्यक्ष सुमित्रा काफ्ले लगाएतको उपस्थिती रहेको थियो ।