ईन्द्रशरोबर गाउँपालिकाको आयोजनामा बृहत तरुण भेला

गुगलपाटी संवाददाता मार्खु
७ फाल्गुन २०७५ १२:०६

 नेपाल तरुण दल ईन्द्रशरोबर गाउँपालिकाको आयोजनामा मंगलबार गाउँपालिकास्तरीय बृहत तरुण भेला भएको छ ।


नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिकाका संयोजक जमान सिं वाईबाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा बृहत् तरुण भेला भएको हो ।
बृहत् तरुण भेलामा राप्रपा नेपालबाट स्थानीय तहको निर्वाचनमा ईन्द्रशरोबर गाउँपालिकामा उपाध्यक्षको प्रत्यासी निर्मला तामाङ, वडा अध्यक्षका प्रत्यासी प्रताप लामासहित राप्रपा र नेकपा परित्याग गरि ३४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

 

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस ३ नम्बर संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँ, निवर्तमान सभापति रघुरमण न्यौपाने, महासमिति सदस्य जयराम लामिछाने, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, तरुण दल मकवानपुर सभापति ईश्वर पाठक, कांग्रेस ईन्द्रशरोबर नेता विश्व लामाले बोल्नुभएको थियोे ।

त्यसैगरी कार्यक्रममा निर्मला लामाको संयोजकत्वमा १६ सदस्यीय नेपाल महिला संघ ईन्द्रशरोवर गाउँपालिका र अनुप बलामी कृष्णको अध्यक्षमा १९ सदस्यीय तरुण दल ईन्द्रशरोबर गाउँपालिका गठन गरिएको छ ।

त्यस्तै नेपाली कांग्रेस ईन्द्रशरोबर गाउँपालिकाले छायाँ सरकार गठन गरेको छ । छायाँ सरकारको नेतामा विश्व लामालाई जिम्मेवारी तोकिएको छ ।

कार्यक्रममा महासमिति सदस्य दिनेश उपाध्याय, जिल्ला सल्लाहकार भरत पराजुली, जिल्ला सदस्य शुसान्त श्रेष्ठ, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल नेता राजेश भेटवाल, तरुण जिल्ला उपाध्यक्ष रामकुमार रायमाझी हाडा, सचिव सचित थापा, क्षेत्रीय अध्यक्षद्वय सुमन श्रेष्ठ र सञ्जय श्रेण्ठ, नेपाल महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण हेटौंडा उपमहानगर सभापति सुनिल गिरीलगायत पार्टी तथा तरुण नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।