यस्ता छन् टमाटर खानुको फाइदाबेफाइदा
गुगलपाटी संवाददाता काठमाडौंटमाटर अर्थात् गोलभेंडाले भान्सामा बहुउपयोगी तरकारीका रूपमा प्रवेश पाएको छ । प्रायः जसो मान्छेहरूले हरेक पटकको खानामा कुनै न कुनै प्रकारले यसलाई समाविष्ट गरेकै हुन्छन् ।तरकारीलाई स्वादिलो बनाउन होस् या अचार बनाउन वा सलादको रुपमा नै, खानामा टमाटर मन नपराउने मानिस कमै होलान् ।बेलाबेला आकासिइरहने टमाटरको मूल्यले कैयौं पल्ट भान्साको बजेट नै खल्बल्याइ दिन्छ । र, त्यस्तो बेला आम मानिसको बहसको केन्द्रविन्दु समेत बन्न पुग्छ टमाटर । त्यस्तो बेला आम मान्छेका बहसहरूमा यसलाई सरकारको कार्यशैली, अर्थतन्त्र र वितरण प्रणालीसँग जोड्नु सामान्य नै मानिन्छ । हामीले भान्छामा टमाटर नभई नहुने ठाने पनि यसको प्रयोग यसका फाइदा बेफाइदा केलाएर गर्दा पनि हुन्छ । सबै जसो कुरा झैं टमाटरका पनि फाइदा बेफाइदा दुवै छन् । हेरौं यसका केही फाइदा र बेफाइदाहरू:
टमाटर खानुका फाइदाहरू:
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जाँदैन ।बिहान पानी नपिइकन पाकेको टमाटर खादा स्वास्थ्यको लागि निकै फाइदा पुग्छ ।यसले विभिन्न रोगबाट छुट्कारा दिन्छ ।यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास टमाटरको जुस पिलाउँदा सुधार हुन सक्छ ।त्यस्तै बच्चाको मानसिक तथा शारीरिक विकासका लागि टमाटर अत्यन्तै फाइदाजनक हुन्छ ।मोटोपन घटाउनका लागि पनि टमाटरको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास टमाटरको जुस पिउनाले वजन घट्छ ।
गर्भावस्थामा टमाटरको सेवन गर्नु बहुत फइदा हुन्छ ।यदी पेटमा जुका वा अन्य किरा भएको खण्डमा टमाटरमा मरिच मिसाएर खाँदा फाइदा हुन्छ ।
काँचो टमाटरमा कालो नुन मिलाएर खानाले अनुहारमा चमक आउँछ। र, टमाटरको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।
यस्ता छन् टमाटरका बेफाइदाहरू:
टमाटरको सेवनले तपाईंलाई एसिडिटी हुन्छ । वास्तवमा यसमा अधिक मात्रामा अम्ल हुन्छ जसकारण यसको सेवनले तपाईको पेटमा अम्लियता बढ्छ र यो एसिडिटीको कारण बन्छ ।
टमाटरको साथसाथ तपाईं यसको बिउलाई शरिरमा जानबाट रोक्न सक्नुहुन्न । यी बिजले तपाईको शरिरमा गएपछि तपाई पत्थरीको रोगी हुन सक्नुहन्छ किनभने यो सजिलैसँग किड्नीमा गएर त्यहाँ स्टोन निमार्ण गर्छ ।
टमाटरमा पाइने टरपिन्स नामक तत्व तपाईको शारीरिक दुर्गन्धको कारण बन्छ । पाचनको समयमा यसको विघटनले दुर्गन्ध पैदा गर्छ ।
यदि तपाईलाई अक्सर पेटमा ग्याँसको समस्या छ भने टमाटरको सेवन कम गर्नु नै श्रेयस्कर हुन्छ । किनभने यसले पेटमा ग्याँस पैदा गर्छ ।
आजकाल अर्गानिक टमाटरको सट्टा इन्जेक्सन वा केमिकलको प्रयोग गरेर उत्पादन गरिएका टमाटर बजारमा उपलब्ध हुन्छ जसको सेवनले तपाईमा बेचैनी, ब्लडप्रेसर लगाएतका अन्य कैयौं स्वास्थ समस्या निम्त्याउन सक्छ