यातयात ब्यवसायी संघ हेटौडाले गर्यो रक्तदान कार्यक्रमको आयोजना

गुगलपाटी संवाददाता हेटौंडा
८ फाल्गुन २०७५ ०६:३९

 ६९ औँ प्रजातन्त्र दिवसका अवसरमा नारायणी यातयात ब्यवसायी संघ हेटौडाले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
हेटौडाको बुद्धचोकमा आयोजित रक्तदान कार्यक्रममा प्रदेश ३ का आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलको प्रमख आतिथ्यता रहेको थियो । कार्यक्रमको उदघाटन गर्दै मन्त्रि जमरकट्टेलले यातयात ब्यवसायीहरुले सामाजीक दायीत्व निर्वाह गरेकोमा धन्यवाद दिए । यातयात ब्यवसायीक क्षेत्रमा देखिएको समस्याबारे समाधान गर्न सरकार निरन्तर लागीपरेको बताउदै सबै मिलेर प्रदेशको विकासमा लाग्नुपर्नेमा जोड दिनु भयो ।

केही एने नियमहरु परिमार्जीत गर्नुपर्ने भएकाले विकास निर्माणका कामहरु गर्न अप्ठयारो भैरहेको उहाँले बताउनु भयो । उनले नारायणी यातयात ब्यबसायी संघले प्रजातन्त्र दिवसका अवसरमा अतिआवश्यक पर्ने तत्व रगतलाई कमीहुन नदिन आयोजना गरेको कार्यक्रम प्रती आभार प्रकट गरे। कार्यक्रममा प्रदेश ३ का साँसद प्रेम बहादुर पुलामी, मुनु सिग्देल, नेपाल रेडक्रश सो साईटीका मकवानपुरका सभापती सुर्य चन्द्र न्यौपाने, जिल्ला समन्वय समिति अध्यक्ष रघुनाथ खुलाल लगाएतले कार्यक्रमका बारे बोलेका थिए ।

सामाजीक दायित्व निर्बाह बहन गर्दै नारायणी यातयात ब्यबसायी संघले रक्तदान आयोजना गरेको संघका महासचिब सरोज खनालले बताउनु भयो ।
बिहान ७ बजे देखी ११ बजे सम्म आयोजना गरीएको रक्तदानमा ८४ जनाले रक्तदान गरेको संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए । उहाले रक्तसंचार केन्द्रलाई रगतको अभाव हुन नदिन र रगतको अभाबले कोहीले पनि ज्यान गुमाउन नपरोस भनेर कार्यक्रम आयोजना गरेको बताए ।

जिल्लामा भएको रगत संकलनमा यो बर्ष नारायणी यातयात ब्यबसायी संघ सबै भन्दा बढी रगत संकलन गर्ने संस्थाको रुपमा गनिएको छ । यस अघि गत फागुन ३ गते रेडियो थाहा संचार ९९.६ एफएमले ८२ जनाको रगत संकलन गरेर जिल्लामा सबैभन्दा बढी रगत संकलन गर्ने संस्थाको रुपमा गनिएको थियो । कार्यक्रम संघका अध्यक्ष श्रेष्ठको सभासध्यक्षतामा सम्पन्न भएको थियो ।