सरकारको निर्णय : एक ब्यक्ति एक भर्ना

गुगलपाटी संवाददाता काठमाण्डौं
२७ चैत्र २०७४ ०७:२४

मन्त्रिपरिषद बैठकले विद्यालयमा विद्यार्थी भर्नाको संख्यालाई वृद्धी गर्न सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ। यस्तै गौतमको स्थानमा सहसचिव डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरिएको छ।

यस्तै बैठकले नेपाल प्रहरीको महानिरिक्षक र सशस्त्र प्रहरीको महानिरिक्षकको चयन गर्न सक्ने अनुमान गरिएपनि सो विषयमा भने केही पनि निर्णय नभएको बताइएको छ।