सडक विस्तारको निर्णयको व्यवसायीद्धारा स्वागत

गुगलपाटी संवाददाता
९ फाल्गुन २०७५ ००:२७

हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको हेटौंडा बसोबास संरक्षण मूल समितिले हेटौंडाको सडक विस्तार गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सििमतले लामो समयदेखिको अनिर्णयको बन्दीको रुपमा रहेको सडक सीमा विवाद सम्बन्धमा ३ नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट भएको निर्णयको स्वागत गरेको छ । हाल कायम रहेको सडकलाई दाया–बाया १६/१६ मिटर कायम गर्ने र बाईपास सडकलाई राष्ट्रिय राजमार्गको रुपमा विकास गर्नका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय अत्यन्तै स्वागतयोग्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘ऐतिहासिक हेटौंडाको बजार क्षेत्रलाई सहरी सडकको रुपमा विकास गरेर ४ लेनको सडक निर्माण गर्ने, ग्रीन बेल्ट निर्माण गर्ने, फुटपाथ, सर्भिस ट्र्याक र बाईपास सडक निर्माण गरेर राजमार्गको रुपमा विकास गर्ने निर्णयले भोलिको हेटौंडा नगरलाई थप व्यवस्थित बनाउनेछ भन्ने हामीलाई लागेको छ ।

’ मन्त्रीपरिषद्को निर्णयप्रति आभार व्यक्त गर्दै उक्त निर्णय संघीय सरकारबाट पनि अनुमोदन गर्न समितिका मउवा संघका अध्यक्ष एवम् हेटौंडा बसोबास संरक्षण मूल समितिका संयोजक कृष्ण कटुवालले अनुरोध गरेका छन् ।