स्थानीय पत्रपत्रिकाः मालपोतमा सधैं ठगी
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् । उपभोक्ता र सरकारबीचको विवादले करोडौं मूल्यको काठ बिक्री हुन नसकेको, एउटै पार्कमा काँग्रेस र कम्युनिष्टको संस्थापकको शालिक निर्माण, नागरिक निगरानी संस्था गठन, नगर विकासमा महिलाको अग्रसरता, दामनको सेल्फी डाँडालाई व्यवस्थित बनाइँदै, राजमार्ग मर्मत नभएपछि कठोर कदम चाल्न सक्ने स्थानीयको भनाइसम्बन्धी प्रसङ्गलाई आजको पत्रिकाले पहिलो प्राथमिकतामा छापेका छन् ।
त्यसैगरी मालपोत कार्यालयमा सधैं उपभोक्ता ठगिने गरेको समाचार आजको समृद्ध समाज दैनिकमा अमृत चिमरियाले लेखेका छन् ।
मालपोत कार्यालयमा जग्गा पास गरेपछि जग्गाधनी पूर्जाको खोलको रुपमा दिइने लालपूर्जाको रातो कार्डको मूल्य २५ रुपैयाँ हो । तर, मालपोत कार्यालयभित्रै बैंक भएता पनि भौचर भर्न नजान्ने वा हतार भएका सेवाग्राहीसँग एक सय रुपैयाँ वा त्यो भन्दा बढी रकम लिएर रातो कार्ड दिने गरिएको पाइएको छ । यो मालपोत कार्यालय मकवानपुरको खबर हो ।
यसरी रातोकार्ड को २५ रुपैयाँ भन्दा बाहेक जति सेवाग्राहीसँग लिन सक्यो त्यति कर्मचारीको भागमा पर्छ । मालपोत कार्यालयको प्रयोजनको लागि मालपोत कार्यालय अघि १० रुपैयाँ पर्ने टिकटको मूल्य १५ रुपैयाँ लिने पनि गरिएको छ । किराना पसलेले १० रुपैयाँको टिकट १५ रुपैयाँमा बेच्दा पनि कुनै नियमन हुन सकेको छैन ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ