स्वतन्त्र विद्यार्थी युुनियन मकवानपुरद्वारा शुल्कबृद्धि खारेज हुनुपर्ने माग
गुगलपाटी संवाददाता हेटौंडास्वतन्त्र विद्यार्थी युुनियन मकवानपुर बहुमुखी क्याम्पसले स्नातकोत्तर तहमा गरिएको पाँच प्रतिशत शुल्कबृद्धि खारेज हुनुपर्ने माग गरेका छन् ।
सामुदायिक क्यामपसमा गरिव तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनगर्ने भएको हुँदा क्याम्पसले मनलाग्दी ढंगबाट बृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेको हो ।
स्ववियुले स्नाकोत्तर तहको शुल्क एकमुष्ट रुपमा नभै तीन किस्तामा बुझाउन समेत माग गरको छ । विद्यार्थीलाई एकमुष्ट शुल्क तिर्नको लागि समस्या भएको भन्दै किस्तावन्दीको रुपमा शुल्क लिनको लागि अनुरोध गरेको स्ववियु सभापति कुमार केसीले बताए ।