नेपालमा आदिवासी भाषाको अवस्था र गर्नुपर्ने काम

डा. तारामणि राई काठमाडौं
९ फाल्गुन २०७५ ०६:०१

यस वर्ष युनेस्कोले ‘दीगो विकास, शान्ति र मेलमिलापका लागि आदिवासी भाषाहरू’ भनेर आदिवासीहरूको भाषा वर्षका लागि मूल नारा तय गरेको छ । २१ फेब्रुअरीका दिन औपचारिक रूपमा घोषणा गरेर विविध कार्यक्रमका साथ विश्वभरि मनाइँदैछ ।

यसलाई आदिवासी भाषा वर्षका रूपमै घोषणा गरिएको हुँदा आदिवासीका भाषाहरूको अवस्थाका बारेमा चर्चा गरिनुका साथै संरक्षण र सम्वर्धनका उपायका बारेमा विचार विमर्श हुनु स्वाभाविक हो ।

विश्वका लगभग ६७०० भाषाहरूमध्ये ९६ प्रतिशत भाषा विश्वको ३ प्रतिशत जनसंख्याले मात्र बोल्छन् । विश्वको ६ प्रतिशत भन्दा कम जनसंख्या भएका आदिवासीहरूले ४००० को संख्याका भाषाहरू बोल्दछन् । अबको लगभग एक शताब्दीपछि अहिले बोलिने भाषाहरूमध्ये आधा भाषा त लोप हुनेछन् ।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक म्याक होर्टरले एउटा आलेख लेखेर अहिले बोलिने ६००० भाषामध्ये एक शताब्दीपश्चात ६ सय भाषा मात्र जीवित हुनेछ भनेर दाबी गरेका छन् । यसले विश्वलाई तरंगित बनाइदिएको छ । यसमा उनका आफ्नै केही तर्कहरू छन् ।

जे होस् अबको एक शताब्दीपछि आधाभन्दा धेरै भाषाहरू लोप हुने कुरामा कुनै सन्देह छैन । यसरी लोप हुने भाषाहरूमध्ये ठूलो संख्यामा आदिवासीका भाषाहरू पर्छन् । अहिले पनि हरेक दुई हप्तामा एउटा आदिवासीको भाषा लोप भइरहेको छ भनेर आदिवासीको मुद्दा हेर्ने संयुक्त राष्ट्र संघको पर्मानेन्ट फोरमको एउटा प्रतिवेदनमा उल्लेख छ ।

नेपालका आदिवासी भाषाहरुको स्थिति

अब नेपालको सन्दर्भमा कुरा गरौं ।

पछिल्लो जनगणना २०६८ ले नेपालमा १२३ वटा भाषाहरू बोलिने भनेर उल्लेख गरेको छ, जसमध्ये ६ दर्जन बढी भाषाहरू आदिवासी जनजातिले बोल्ने भाषाहरू छन् । यतिधेरै संख्यामा रहेका आदिवासी जनजातिका भाषाहरू अति लोपोन्मुख सूचिमा छन् । केही धेरै भाषाहरू त अति नै अल्पसंख्यकले बोल्छन् ।

किराती मूलका चुक्वा, पोइङ जस्ता भाषाहरू केही दशकअघि लोप भए । कुसुन्डा जस्ता भाषालाई दुईजना वक्ताले जेनतेन जीवन दिइरहेका छन् ।

तिलुङ र लुंखिम जस्ता भाषाको वक्ता आधा दर्जन जति छन् । अबको एक दशकभित्र केही भाषाहरू सधैंका लागि विलय भएर जाँदैछन् । भाषा लोप भएर जाँदा सिर्फ भाषा मात्रै लोप हुँदैन, भाषामा अन्तरनिहित ज्ञान पनि नष्ट भएर जान्छ ।

क्याट इस्नर (२०१७) ले भाषा लोप हुँदा चारवटा महत्वपूर्ण कुराहरू हराएर जाने बताएकी छन् । पहिलो– भाषा लोप भएसँगै फरक सोचाइ वा दृष्टिकोणको नै अन्त्य हुन्छ ।

क्याट इस्नर (२०१७) ले भाषा लोप हुँदा चारवटा महत्वपूर्ण कुराहरू हराएर जाने बताएकी छन् । पहिलो– भाषा लोप भएसँगै फरक सोचाइ वा दृष्टिकोणको नै अन्त्य हुन्छ ।स्रोतः अनलाईनखबर