सम्सद शेखको छक्का प्रहारपछि टीम चौराहा डीपीएलको फाइनलमा
गुगलपाटी संवाददाता २७ चैत, धनगढीधनगढीको टीम चौराहा धनगढी प्रिमियर लिग ९डीपीएल० को फाइनलमा पुगेको छ । रोमाञ्चक खेलमा काठमाडौं गोल्डेनलाई १ विकेटले पराजित गर्दै चौराहा फाइनल प्रवेश गरेको हो ।
मंगलबार भएको क्वालिफायर चरणको खेलमा काठमाडौं गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य टीम चौराहाले १ बल बाँकी छँदा ९ विकेट गुमाएर भेट्टायो ।
अन्तिम ओभरको खेल बाँकी रहँदा टीम चौराहालाई ४ बलमा १० रन आवश्यक थियो । उसँग ३ विकेट बाँकी थियो । अन्तिम ओभरको २ बल बाँकी हुँदासम्म टीम चौराहाले २ विकेट गुमाइसकेको थियो भने जम्मा ४ रन मात्र जोडेको थियो । पाँचौ बलमा सम्सद शेखले छक्का प्रहार गरेपछि टीम चौराहा विजयी भयो ।
टीम चौराहाको जितका लागि रोहन मुस्ताफाले ३३ र शंकर रानाले २८ रन, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन जोडे । बलिङतर्फ काठमाडौं गोल्डेन्सका सहाब आलम, सन्नी पटेल र रसिद खानले समान २ विकेट लिए भने ललित राजवंशी र सुवोध भाटीले १र१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले नटआउट १६ रन जोडे ।
बलिङतर्फ टीम चौराहाका सोमपाल कामी, ललित सिंह भण्डारीले २र २ विकेट लिए भने सुनिल धमला, संसद सेख र रोहन मुस्ताफाले समान १ विकेट लिए ।