अधिकांस सेवाग्राही मालपोत कार्यलयमा ठगिदैँ
गुगलपाटी संवाददाता हेटौंडामालपोत कार्यालय मकवानपुरमा अधिकांस सेवाग्राही ठगिने गरेको पाइएको छ । मालपोतमा आउने सेवाग्राहीहरु अधिकांशलाई लेखापढी व्यवसायीहरुले पैसा लिएर सहयोग गर्ने भए तापनि केहि सेवाग्राहीहरुमा धेरै समस्या रहेको देखिन्छ ।
मालपोत कार्यालयमा जग्गा पास गरेपछि जग्गाधनी पुजाको खोलको रुपमा राखिने लालपुर्जाको ‘रातो कार्ड’ को मूल्य २५ रुपैँया हो । मालपोत कार्यालय भित्रै बैंक भए तापनि भौचर भर्न नजान्ने वा हतार भएका सेवाग्राहीसग एक सय रुपैयाँ या सो भन्दा बढी रकम लिएर ‘रातो कार्ड’ दिने गरेको पाइएको छ ।
यसरी भौचर बिना दिने ‘रातोकार्ड’ को २५ रुपैयाँ बाहेक जति सेवाग्राहीसँग लिन सक्यो त्यति कर्मचारीको भागमा पर्दछ । मालपोतमा कार्यरत एक लेखापढी व्यवसायीका अनुसार लेखापढी व्यवसायीहरुले भौचर भरेर काम गर्दा केहि आलटाल समेत हुने गरेको छ ।
मालपोत कार्यालय मकवानपुरका कार्यालय प्रमुख मुक्ति नारायण भण्डारीले पनि कार्यालयमा अहिले नगद कारोबार बन्द भएको दावी गर्नुभएको छ । तर मालपोत कार्यालय परिसरको अनुगमनको क्रममा अझै पनि मालपोत कार्यालयका कर्मचारीहरुले भौचर बिना नै ‘रातोकार्ड’ दिने गरेका छन् । केहि सेवाग्राहीले भने २५ रुपैयाँ भौचर भरेर कार्ड लिएको भए तापनि केहि सेवाग्राहीले भौचर भर्न समय लाग्ने भएकोले सिधै एक सय रुपैयाँ तिरेर रातो कार्ड लिएको बताएका छन् । कर्मचारीहरुले लेखापढी व्यवसायीले पैसा नदिए मन लगाएर काम नगर्ने समेत गुनासो गरेका छन् ।
यता कार्यालय प्रमुख भण्डारीले भने यहि ‘रातो कार्ड’ कै कारण मालपोत कार्यालय बदनाम भएको भन्दै केहि महिनामा यो रातोकार्डको मुल्य नै हटाई निशुल्क वितरण गर्ने तयारीको लागि पटक–पटक प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित कार्यालयमा जानकारी गराएको समेत बताउनुभएको छ । मालपोत कार्यालय मकवानपुरले गत माघ महिनामा घर जग्गा रजिष्ट्ररबाट ३ करोड ३८ लाख ४८ हजार, पुर्जा विक्रिबाट २ लाख रुपैयाँ, सेवा शुल्कबाट ३५ लाख ५१ हजार रुपैयाँ, रोक्काबाट १२ हजार ६ सय रुपैयाँ, अन्य शिर्षकबाट ९३ हजार, पुँजीगत लाभकरबाट १ करोड ३५ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको जनाएको छ ।