यतिको जहाज अवतरणको क्रममा चक्का लक भएपछि
गुगलपाटी संवाददाता पोखराकाठमाडौंबाट उडेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएको छ । चक्का लक भएपछि जहाज धावन मार्गमै रोकिएको छ ।
उक्त जहाज पांग्रा लक भएर धावनमार्गमा अड्किएपछि पोखरा विमानस्थल अहिलेलाई बन्द गरिएको छ। २८ यात्रु बोकी पोखरा पुगेको जहाज दुर्घटना हुनबाट भने जोजिएको छ । सबै यात्रुसहित चालक दलका सदस्यहरु सुरक्षित रहेको बताइएको छ।
पोखरा विमानस्थलमा रहेका प्राविधिकको टोलीले विमान मर्मतको प्रयास गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।