स्वतन्त्र विद्यार्थी युनियनद्वारा मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र

गुगलपाटी संवाददाता हेटौंडा
१० फाल्गुन २०७५ ०५:५०

 मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले प्रदेश ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ । मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउनुपर्ने मागका साथ स्ववियुले ज्ञापनपत्र बुझाएको हो ।

स्ववियु अध्यक्ष कुमार केसी सचिव आकाश अधिकारी लगाएतले आज मुख्यमन्त्री कार्यालयमै पुगेर क्याम्पसको उन्नती र प्रगतीबारे सुझाएका हुन् ।

बहुमुखी क्याम्पस मकवानपुर यो क्षेत्रको एक दर्जन जिल्लावासीको उत्कृष्ट शैक्षिकस्थल भएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेश नबंर ३ को प्रादेशिक विश्वविद्यालय बनाउनुपर्ने स्ववियुको माग सहित ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र ग्रहणपछि बोल्दै मुख्यमन्त्री पौडेलले अब चाँडैनै प्रदेश सरकारले प्रदेश विश्वविद्यालयको लागि काम सुरु गर्ने बताए ।