विदेश पठाइदिन्छु भन्दै पाँच लाख रुपैयाँ लिने दुईजना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौं
१० फाल्गुन २०७५ ०७:४७

काठमाडौं महाराजगंज बस्ने रामेछाप दोरम्बाका ५२ वर्षीय रवीन्द्र यान्जन र त्रिनगर गोंगबु बस्ने पर्बत चुलुङका २३ वर्षीय सन्तोष विकलाई बिहीबार राति पक्राउ गरेको छ ।

बिहिबार राती विदेश पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ लिएका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

रकम लिन लागेको विशेष सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले युवाहरुलाई काठमाडौं महानगरपालिका((१६ माछापोखरीमा रहेको र्फस सेक्युरिटी अफिसमार्फत वैदेशिक रोजगारीमा पठाइदिने भनी उक्त रकम लिएको प्रहरीले बताएको छ ।