कांग्रेसकी सांसद डिसीद्वारा पशुपति शर्माको गीत प्रकरणमा सही सूचना दिन माग 

गुगलपाटी संवाददाता काठमाडौं
१० फाल्गुन २०७५ ०८:१२

नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पशुपति शर्माको गीत प्रकरणमा सही सूचना जनतालाई दिन माग गरेकी छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चौधरीले प्रधानमन्त्रीका वरिपरिका मान्छेहरुले गलत सूचना दिएकैले जनताले मन पराएनन् अनि हटाइयो भनेर गलत अभिव्यक्ति आएको आरोप लगाइन्। ‘पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीलाई सही सुचना दिइएन,’ उनले भनिन्, ‘प्रधानमन्त्री देशको कार्यकारी प्रमुख हो। गलत सूचना दिन मिल्दैन।’
वरिपरि बस्नेले गलत सूचना प्रवाह गरेका कारण शर्माले गीत हटाए, उनले भनिन्, तर प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा नेपालीहरुलाई मन परेन अनि हटाएको हो भन्नेर भ्रम छर्नुभयो।
शर्माको गीत युवासंघको चेतावनीपछि यु ट्युबबाट हटाइएको थियो। तर प्रधानमन्त्रीले केही दिनअघि जनताले मन नपराएको भन्दै टिप्पणी गरेका थिए।