पत्रपत्रिका कभरेजः वैज्ञानिक सम्मेलनदेखि घुस्याहा जेलरसम्मको चर्चा
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले ३ नम्बर प्रदेश सरकारले सरकारी तवबरबाट नेपालमै पहिलो पटक बैज्ञानिक सम्मेलन गर्न लागेको समाचार प्राथमिकताका साथ छापेका छन् ।
त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आगामी वैशाखमा राष्टिय युवा वैज्ञानिक सम्मेलन र जेठमा सार्कस्तरीय वैज्ञानिक सम्मेलनको आयोजन गर्न लागेको हो । यो समाचार आज हेटौंडाका दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
साथै क्षेत्रीय कारागार भीमफेदीका जेलर (शाखा अधिकृत) मदन अधिकारी चौकीदारसँग घुस लिँदालिँदै अख्तियारको टोलीले पक्राउ गरेको प्रसङ्ग पनि प्राथमिकताका साथ छापिएका छन् । हिजो अख्तियारको विशेष टोलीले चौकीदारलाई सरुवा नगराउने सर्तमा घुस लिइरहँदा उनलाई पक्राउ गरेको हो । उनले चौकीदारसँग ७५ हजार घुस बुझेका थिए ।
त्यस्तै मकवानपुरमा प्रदेशमै धेरै वन फँडानी, यातायात कार्यालयमा सवारी दर्ता न्युन, घट्टको कुलोमा डुबेर बालिकाको मृत्यु, बाटोमा अवरोध हुँदा विद्यालय असन्तुष्टलगायतका समाचार पनि पत्रिकाले पहिलो पृष्ठमा नै छापेका छन् ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ